Paschim Express
बैतडीमा जीप दुर्घटना

बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापूर मोडमा आइतबार बिहान जीप दुर्घटना भएको हो।

धनगढीबाट दार्चुलाको मकरीगाड जाँदै गरेको म १ ज २६० नम्बरको जीप दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

जीप दुर्घटना हुँदा सवार ४ जना घाइते भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएका हुन्। यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उनकै श्रीमतीलाई टाउकोमा चोट लागेको बताइएको छ। जीपमा ७ जना यात्रु सवार थिए ।

शनिवार साँझ धनगढीबाट हिँँडेको जीपको ब्रेक फेल भएर सडकपेटीमा ठोकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update