डडेल्धुरा । डडेल्धुरा जेसीज वर्ष २०२४ ले शनिबार उग्रतारा मेलामा सहभागी दशनार्थी तथा भक्तजनहरूलाई निःशुल्क खानेपानी वितरण गरेको छ ।
डडेल्धुरा जेसीज वर्ष २०२४ ले मंसिर १ गते देखि ७ गते सम्म आयोजना गरिरएको जेसीज सप्ताह कार्यक्रमको पहिलो दिन उग्रतारा मन्दिरमा लाग्ने देहीजाँत मेलाका भक्तजनहरूलाई नि:शुल्क खानेपानी वितरण गरेको हो ।
मेला भर्न आएका दर्शनार्थीलाई सय पेटी पानी वितरण गरेको जेसीज वर्ष २०२४ का अध्यक्ष लक्ष्मी ऐरले बताइन् ।
डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले नवदुर्गा गाँउपालिका-१ का ८२ वर्षीय नबलसिंह ऐरलाई पानीको बोतल प्रदान गरि उद्घाटन गरिएको थियो ।
कार्यक्रममा हिमाल रोजिन एण्ड जडीबुटी प्रशोधन केन्द्र कैलाली,कैलपाल अफसेट प्रेस डडेल्धुरा र अमरगढी मिडिया हाउस डडेल्धुराले सहयोग गरेको डडेल्धुरा जेसीजले जनाएको छ ।
आज कार्यक्रमको अवसरमा जेसीजले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई मायाको चिनो प्रदान गरेका थियो ।
जेसीज सप्ताह अन्तरगत डडेल्धुरा जेसीजले साताव्यापी कार्यक्रम गरिरहेकाे छ । डडेल्धुरा जेसीजले आयोजना गरेको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत यही मंसिर २ गते उग्रतारा मन्दिर सरसफाई कार्यक्रम, ३ गते अनाथ बालबालिकालाई शैक्षिक सामग्री बितरण,४ गते स्लो बाईक रेस र ५ गते देखि ७ खुल्ला सम्म भलिबाल प्रतियोगिताको आयोजना गर्ने जनाएको छ ।