काठमाडाैं । भारतमा ग्यास लिक भएर एकै परिवारका तीनजना नेपाली जलेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–३ घर भइ हाल भारतस्थित ब्याङलोरको इन्द्रानगरमा बस्दै आएका गोवीन्द गुरधामीको परिवार जलेको हो ।
भान्सामा खाना पकाउने ग्यास लिक भएर उनी पत्नी कल्पना र छोरा दृश्य घाइते भएका थिए । तर, छोराको भने उपचारका क्रममा मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ ।
अहिले गोवीन्द र उनकी पत्नीको भिक्टोरिया अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय