Paschim Express
डडेल्धुराको तापक्रम झर्‍यो, सबैभन्दा बढी चिसो हुने जिल्लामध्ये दोस्रोमा

डडेल्धुरा । अहिले नेपालमा पोस्ट मनसुन सिजन छ । नोभेम्बर महिनाभर यो सिजन रहन्छ । डिसेम्बरदेखि हिउँदयाम लाग्छ ।

तर हिउँदयाम नलाग्दै देशभर चिसो बढ्दै गएको छ । देशभर तापक्रम घट्दै गएपछि चिसो पनि बढ्दै गएको हो ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको सूचीअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस रहेको छ । यो सबैभन्दा कम न्यूनतम तापक्रम हो ।

यसपछि आज बिहान सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा छ । डडेल्धुराको आजको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस छ । विवरणअनुसार तेस्रोमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस छ । यो काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो ।

Untitled_S1pksXGE7r-366x768-1731992649.png
 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update