धनगढी । डडेल्धुरा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका–८ बस्ने ३६ वर्षीय राजेन्द्रप्रसाद ओझा र दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय बिरेन्द्रसिंह बडाललाई पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको फैसलाअनुसार उनीहरुलाई जुवा मुद्दामा ७÷७ हजार जरीवाना तोकिएको थियो । उनीहरु फरार थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय