डडेल्धुरा । डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ । अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमणबाट मृत्यु भएको हो ।
रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ । त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका २ सन्तान रहेका छन् ।
आर्थिक रुपले विपन्न रहेका खडकाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का उनकाे परिवारलाई भेट्न अस्पताल पुगेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय