Paschim Express
माउन्टेनलाई हराएर ज्ञानोदयले जित्यो खसी

डडेल्धुरा । डडेल्धुरामा भएको मैत्रीपूूर्ण भलिबल प्रतियोगितामा ज्ञानोदय मावि विजयी भएको छ । शनिबार  जिल्ला सदरमुकामस्थित तुफानडाँडाका रहेको ज्ञानोदय माविमा आयोजित भलिबलमा माउन्टेन माविलाई पराजित गर्दै आयोजक ज्ञानोदय विजयी भएको हो । 

ज्ञानोदय माविले माउन्टेन माविलाई तगातर तीन सेटले हराउँदै  खसी जितेको छ ।  पाँच वटा टिम सहभागी भएको प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । 

जिल्लास्थित बैंकर्स एसोसियसन क्लब, अमरगढी नगरपालिका ७ पोखरा, योंग टिचर्स ग्रुप, माउन्टेन मावि, ज्ञानोदय मावि प्रतियोगितामा सहभागी भएका थिए । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update