Paschim Express
डडेल्धुरा अस्पतालबाट प्रवाह भएका सेवाबारे समीक्षा सम्पन्न

धनगढी । डडेल्धुरा अस्पतालको समीक्षा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा डडेल्धुरा अस्पतालबाट प्रवाह भएका सेवाबारे समीक्षा गोष्ठी भएको हो । 
डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालले वर्षभरी अस्पतालबाट प्रवाह भएका सेवा र अस्पतालको विद्यमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । 
दरबन्दीअनुसार डाक्टर नभएको र पदपुर्तिका लागि प्रयास भइरहेको उनको भनाई थियो । 

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले अस्पतालमा सेवा विस्तारका लागि काम भइरहेको र सबैको सहयोगको आवश्यकता रहेको बताए । 

अस्पतालको स्तरोन्नतिका लागि काम भइरहेको उनको भनाई थियो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्रकुमार न्योपानेले अस्पताल सुधारका लागि आफुले सहयोग गरिरहेको बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update