बैतडी । बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाज ५ पटक ल्याण्ड गरेको छ । मंगलबार बिहान ७ः३० देखि ९ : ३० सम्म जहाजले ५ पटक ल्याण्ड गरेर उडान भरेको हो । नेपाली सेनाले सुर्खेतबाट पाटन विमानस्थलको परीक्षण उडानहरु गरेको दाबी गरेका छ ।
‘विमानस्थलको परीक्षण उडान हाम्रो आन्तरिक विषय हो’ चालक दलसँगै आएका सेनाका एक अधिकृतले भने, ‘बाहिर समाचारमा हामीले बोल्द त मिल्दैन तर हाम्रो आफ्नो आन्तरिक कार्यक्रम अनुसार यो उडान गरिएको हो ।’
नयाँ पाइलटले ल्याण्ड र टेकअपको अभ्यास उडान गरिरहेको बैतडी प्रहरीलाई सूचना भएको छ । नेपाली सेनामा आफ्नौ पाइलट हुन्छन् । उनीहरुले को पाइलटलाई अभ्यास उडानका लागि तालिम दिइरहेको बुझाएका प्रहरीका एकअधिकृतले बताए ।
बिमानस्थल खाली भएकाले अभ्यास उडान गर्न सहज भएकोले सुर्खेतमा रहेको सेनाले पाटन विमानस्थाल रोजेको बताइएको छ ।