दार्चुला । सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ । तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।
छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो । चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन् । सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन् ।
प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय