डडेल्धुरा । डडेल्धुराका सात किसानलाई २८ बाख्रा वितरण गरिएको छ ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित नेपालको राजनीतिक रूपान्तरणमा महिलाहरूको सहभागीता र उनिहरूको राजनीतिक क्षमता विकास कार्यक्रममार्फत खरी जातका बाख्रा वितरण गरिएको हो ।
रुडुक डडेल्धुराका अनुसार अमरगढीका सात जनालाई प्रतिव्यक्ति चार बाख्राका दरले २८ बाख्रा वितरण गरिएको हो । रुडुक डडेल्धुराकी अध्यक्ष मानकुमारी थापाले बाख्रा हस्तान्तरण गरेकी हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय