डडेल्धुरा । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो भएको हो ।
२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ । डडेल्धुराबाहेक सुदूरपश्चिमको कंचनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ ।
कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार मूल्याङ्कन गरिएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय