डडेल्धुरा । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका कोषाध्यक्ष लालमणी पन्तले आफ्नो जन्मदिनको अवसरमा बालग्रहमा सहयोग गरेका छन् ।
४२औं जन्मदिनको अवसर पारेर पन्तले डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको बेदस्था बालग्रहमा लत्ताकपडा सहयोग गरेका हुन् ।
ब्लान्केट र बेड सेट लगायत केही खाद्य सामाग्री पनि बालग्रहमा हस्तान्तरण गरेको पन्तले बताए । उनका अनुसार झण्डै २२ हजारको सामान बालग्रहमा हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्