Paschim Express
डडेल्धुरासहितका  पहाडी जिल्लामा असिना पानीले बालीनाली सखाप

काठमाडौं : आइतबार साँझ सुदूरपश्चिमका पहाडी जिल्लामा परेको असिना पानीले बालीनाली सखाप पारेको छ । डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् ।

खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको छ । पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update