Paschim Express
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा धारिलो हतियार प्रहार गरेर श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय ४९ वर्षीय नरेन्द्र विष्टले शनिबार बेलुकी घरायसी विवादमा श्रीमती ३० वर्षीया ज्योती विष्टको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले घरसायी विवादमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गर्ने नरेन्द्रलाई नियन्त्रणमा लिइएको छ ।

हत्या आरोपी विष्ट प्रहरीका पूर्वअसई हुन् । उनले जेठी श्रीमतीको निधन भएपछि ज्योतीसँग दोस्रो बिहे गरेका थिए । सोधपुछका क्रममा उनले हत्या स्वीकार गरेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update