दार्चुला । दार्चुलामा भएको उपचुनावमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। जिल्लाको दुहुँ गाउँपलिका-५ को वडाध्यक्षमा काँग्रेसका धनसिंह कुँवर विजयी भएका हुन्।
उनी ३७६ मतसहित विजयी भएका हुन्। नेकपा एमालेका मानसिंह बडालले ३५८ मत पाए। नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत पाए।
स्वतन्त्र लाल सिह कुवरले २५ मत पाए। २०७९ को निर्वाचनमा यहाँ माओवादी उम्मेदवार विजयी भएका थिए।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ २२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय