Paschim Express
कञ्चनपुरको भीमदत्त-६ : काँग्रेस अगाडि, पछ्याउँदै एमाले

कैलाली ।  कञ्चनपुरमा भएको उपचुनावको मतगणना जारी छ। जिल्लाको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षका लागि भएको उपचुनावको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

अहिलेसम्मको मत परिणाम अनुसार त्यहाँ काँग्रेसका प्रकाश चन्दले १२६ मत, एमालेबाट बहादुर चन्दले ६८, माओवादीबाट नानाराम कोलीले १६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट १७, राप्रपाबाट सुशिलकुमार भट्टले ४८ मत पाएका छन्।

य यहाँ स्वतन्त्रसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update