पदम जोरा, डडेल्धुरा । डडेल्धुराको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल परशुराम तिर्थमा १ महिने कोटी होम सञ्चालनमा रहेको छ । परशुराम क्षेत्र विकास समिति र राष्ट्रिय पण्डित व्याशाचार्य खेमराज ओझाको संयुक्त साझेदारीमा कोटी होम आयोजना गरिएको हो । यहि मङ्सिर १० गतेदेखि सुरु भएको कोटीहोम १ महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
यस क्षेत्रको शान्ति , राष्ट्र शान्ति र विश्वशान्तिको संकल्पसहित कोटीहोम सञ्चालन गरिएको व्यासाचार्य ओझाले जानकारी दिए । उक्त काटीहोममा १ महिनासम्म निरन्तर पाँच वटा पुराण वाचन, १ करोड ५१ लाख बत्ती महाकालीमा प्रज्वलन, १०८ गाइको महाकालीमा दुग्धधारा, १८४ रामनामी बस्त्र चढाई महाकाली नदिको पूजा अर्चना गरिने आयोजकले जनाएको छ ।
उक्त कोटीहोम संञ्चालनका लागि आफ्नो गक्ष अनुसार दान दिन हुन आयोजकले अपिल गरेको छ । दानदाता भक्तजनहरुको तिनपुस्ते नामावली हरेक दिन कोटीहोममा वाचन गरिने र कोटीहोम विशेषाङ्कमा प्रकाशित समेत गरिने जनाइएको छ ।