Paschim Express
परशुराममा उपभोक्ता समितिमार्फत हुने कामको सम्झौता वडामै 

पदम जोरा, जोगबुडा । डडेल्धुराको परशुराम नगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ का हरेक उपभोक्ता समितिमार्फत सम्पन्न हुने योजनाहरुको सम्झौता वडामै सुरु गरेको छ ।

वडावासी बढीभन्दा बढी सेवा दिने, पारदर्शिता, गुणस्तरियता कायम गर्ने उद्देश्यले प्राविधिक तथा योजना अधिकृतसहितको टोलीमार्फत वडामै सम्झौता गर्न लागिएको परशुराम नगरपालिकाकी प्रमुख प्रसाशकिय अधिकृत कल्पना भट्टले जानकारी दिइन् । समयमै योजना सम्पन्न गर्ने गरि वडा न १० को वडा कार्यालयबाट योजना सम्झौता सुरु गरिएको उनले बताइन् । साथै उनले नगरपालिकाले मुस्कानसहितको प्रशासनिक सेवा दिइरहेको बताइन् । 

परशुराम नगरपालिकाका  वडा नम्बर १, २, ३, ७, ८, १० र ११  दुर्गम वडाको रुपमा रहेका छन् । उपभोक्ताहरुलाई सम्झौता गर्न नगरपालिका धाउनपर्ने समस्या समाधान गर्न खोजिएको नगरप्रमुख भरत बडायर जोशीले बताए ।  अब नगरपालिकाले छिटै वडामै सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update