Paschim Express
डडेल्धुराकी २२ वर्षीया पूजा, ठेला व्यापारबाट महिनामै कमाउँछिन् ४० हजार

अमरगढी (डडेल्धुरा) ।  काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । २२ वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् । 

अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै आएकी हुन् । 

मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताए । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उनले चार वर्ष धेरै सङ्घर्ष गरे । छ महिना यता ठेलामा व्यापार थालेकी उनी दैनिक १२ घण्टा काम गर्छिन। उनको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उनले बचत पनि गरेकी छन् ।  

श्रीमान्‌ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उनी बिहानदेखि साँझसम्म एक्लै गर्छिन् । सबै सामान आफैँले जुटाउँछिन् । अनि सबै परिकार आफैँ बनाउन उनलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उनको बुझाइ छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update