Paschim Express
शैक्षिक गुणस्तर सुधारका लागि परशुरामको भागेश्वर माविमा अतिरिक्त कक्षा सञ्चालन

पदम जोरा,डडेल्धुरा ।  डडेल्धुराको परशुराम नगरपालिका– १ स्थित भागेश्वर माध्यमिक विद्यालय सलौनले अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

एसईइ र विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारका लागि थप कक्षा सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक करविर सिंह बोहराले बताए ।

bc4c6b21-4998-4c43-bcbc-ce50d65e0640-1733389195.jpg
 

सामुदायिक विद्यालयको नतिजा उकास्न अफूहरु लागिपरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर ठगुन्नाले जानकारी दिए। उनका अनुसार विद्यालयको आन्तरिक  स्रोतबाट विद्यालयमा छात्रावास सञ्चालन गरिएको छ । 

२४ जना विद्यार्थी एसइई सहभागी रहेका छन् भने २२ जना विद्यार्थी छात्रावासमा बसिरहेको अध्यक्ष ठगुन्नाले बताए । विद्यार्थीहरुलाइ विशेष गरेर गणित, विज्ञान र अङ्ग्रेजी विषयका थप कक्षा सञ्चालन भइरहेको शिक्षक तिर्थ उप्रेतीले जानकारी दिए । 
 कक्षा ३ देखि १० सम्म अतिरिक्त कक्षा समेत सञ्चालनमा रहेको प्रधानाध्यापक बोहराले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update