दार्चुला । दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग्रिला डेभल्पमेन्ट बैँकको शाखामा बुधवार चोरी भएको हो ।
बैँकबाट ८४ हजार पाँच सय रुपैयाँ, सिसी टिभी क्यामेरा, खुकुरी लगायतका सामान चोरी भएका हुन् ।
प्रहरीले बैँकमा चोरी गरेको आरोपमा तल्लासैनका २३ वर्षीय तुसार लुहारलाई पक्राउ गरेको छ । प्रहरीले उनीबाट नगद, खुकुरी, काटुन, चोरी गर्दा प्रयोग गरेका कपडा लगायतका सामानसमेत बरामद गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय