Paschim Express
डडेल्धुराको परशुरामका दुर्गम बस्तीमा एकीकृत घुम्ती शिविर

रुहाना बगर ,जोगबुडा ।  डडेल्धुराको परशुराम नगरपालिकाले दुर्गम बस्ततीमा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । बिहिवारदेखि सम्पूर्ण सेवा प्रदान गर्नेगरि शिविर सुरु गरिएको छ । 

दुर्गम बस्तीका नागरिकलाई गाउँमा नै नगरका सेवा  प्रदान गर्ने लक्ष्यले शिविरको आयोजना गरिएको मेयर भरत बडायर जोशीले बताए ।  बिहीबार  वडा नम्बर ८ को जमरानीमा सञ्चालन भएको शिविरमा ८८ जनाको स्वास्थ्य परीक्षण गरिएको वडअध्यक्ष दिनेश प्रशाद जोशीले जानकारी दिए । साथै उनले  उपभोक्तामार्फत सञ्चालन हुने १५ उपभोक्ता समिति गठन गरिएको समेत जानकारी दिए । 

80050f87-9ceb-454d-8165-158bb103b712-1733463951.jpeg
 

वडामै सामाजिक सुरक्षा भत्ता समेत पाउन सके आफूहरु अझै खुसी हुने ष्ठ नागरिकहरुको धारणा रहेको छ । नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरिरहेको छ । ‘हामी तयारीमा छौँ । बैंकसँग कुरा हुँदैछ, कति सकिन्छ । हामी सेवाका लागि प्रतिवद्द छौँ’ मेयर जोशीले भने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update