धनगढी – स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ।
उनकी छोरी आर्जुले यसबारे जानकारी दिएकी हुन् । श्वास फेर्न समस्या भएपछि शुक्रबार नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको हो ।
२०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय