Paschim Express
पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा तीन जनाको उम्मेदवारी, कुन पदमा को ?

धनगढी । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशवराज जोशी, भरतबहादुर शाह र मीनबहादुर बमको उम्मेदवारी परेको हो । 

यस्तै उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ ।

सचिवमा धनराज साउद, भुवनेश्वरप्रसाद बोहरा र शैलेन्द्र रोकायाको उम्मेदवारी परेको छ । सचिव समावेशीमा इन्द्राकुमारी केसी, मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा बरुण पनेरु र हर्कबहादुर विकको उम्मेदवारी परेको छ ।

सदस्यमा अर्जुनबहादुर सिंह, आशिषबहादुर सिंह, केशवदत्त भट्ट, कृतबहादुर विष्ट,  जनार्दन उपाध्याय,  दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, बासुदेव भट्ट, रमेशकुमार केसी, लिलाजंग शाही  र सुभाष कठायत उम्मेदवार छन् । महिला सदस्य, दलित सदस्य , जनजाति सदस्य र अपाङ्गता तथा अल्पसङ्ख्या सदस्यमा भने ८ जना निर्विरोध भइसकेका छन् ।

महिला सदस्यमा दुर्गा देवकोटा, भुवनेश्वरीकुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन् । सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा छविलाल चौधरी र भीमबहादुर चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल जिसी निर्विरोध भएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update