Paschim Express
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री ६५ वर्षमा दुलाहा बने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका छन् ।

उनी कञ्चनपुरकी भावना विष्टसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । मन्त्री थापा अविवाहित थिए । उनले विवाह नगरी यसअघि अविवाहित बसेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बताए । नेपाली कांग्रेसका नेता थापाको २०१६ चैत १ गते बैतडीको दशरथ चन्द नगरपालिकामा जन्म भएको थियो ।

हाल उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै  आएका छन् । थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update