Paschim Express
कैलाली पुगे प्रधानमन्त्री प्रचण्ड

धनगढी । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागिता हुन प्रधानमन्त्री प्रचण्ड कैलाली पुगेका हुन् ।

प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जलि सभामा सहभागी हुने कार्यक्रम छ ।

त्यसपछि सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गर्ने र मध्याह्न १२ बजे गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

त्यसपछि प्रधानमन्त्री प्रचण्ड धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update