डडेल्धुरा । यो वर्ष डडेल्धुराका १८ वटा सामुदायिक विद्यालयहरुमा ल्याब निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्काका अनुसार आवश्यकताका आधारमा प्राविधिक धार पढाई हुने विद्यालयहरुमा कम्प्युटर, आईसिटी र कृषि ल्याब निर्माण गरिने भएको हो । जसका लागि यो आर्थिक वर्षमा प्रदेश सरकारबाट ९० लाख बजेट विनियोजन भएको उनले बताइन् ।
विद्यालयबाट आएको मागको आधारमा ल्याबहरु निर्माण गरिन लागेकाे सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशी बताए । उनका अनुसार भागेश्वर गाउँपालिका– २ रुपालको असिग्राम मावि, वडा नम्बर ३ बोगटाको सरस्वती मावि, परशुराम नगरपालिका ७ मलासको शिद्धनाथ मावि, सादनीको शिवशंकर मावि, वडा नम्बर १२ जयपुरको शिद्धनाथ मावि , त्रिवेणी बहुमूखी क्याम्पस र वडा नम्बर ९ गाईबाधेको ज्ञानज्योती माविमा ल्याब निर्माण हुनेछ ।
यस्तै नवदुर्गा गाउँपालिका ४ को गौडेश्वर मावि, चिल्फिको नवदुर्गा मावि, सुनकेश्वरी गिल्लेश्वरी आवि, वडा नम्बर २ को पासा आवि, अमरगढी नगरपालिका १ मालमको लट्टेश्वर आवि, वडा नम्बर ४ सुनेडाको अशिग्राम मावि, आलिताल गाउँपालिका १ हर्तोलाको भुवनेश्वरी मावि, वडा नम्बर ४ को कृष्ण कालिका मावि, वडा नम्बर ५ को सरस्वती मावि, अजयमेरु गाउँपालिका ४ को भुवनेश्वरी मावि र वडा नम्बर ५ को केदार शिशु सुधारक माविमा ल्याब निर्माण हुने उनले बताए ।
भागेश्वर गाउँपालिका ३ बोगटाको सरस्वती माविमा कृषि ल्याब निर्माण गरिने जोशीले बताए । यस्तै परशुराम नगरपालिकाको शिद्धनाथ मावि, त्रिवेणी बहुमूखी क्याम्पस, ज्ञानज्योती मावि, अजयमेरुको केदार शिसु सुधारकमा आईसिटी ल्याब बन्ने भएको छ । बाँकी रहेका १५ वटा सामुदायिक विद्यालयहरुमा भने कम्प्युटर ल्याब स्थापना गरिने उनले बताए ।