Paschim Express
बझाङमा  ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ । 

मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update