Paschim Express
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा लैगिंक समानताका विषयमा डडेल्धुरामा तालिम सुरु 

डडेल्धुरा । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा लैगिंक समानता, अपागंता तथा सामाजिक समावेशिकरण र संरक्षणका सवालहरु विषयक दुई दिने तालिम डडेल्धुरामा सुरु भएको छ । यूरोपेली आयोग मानविय सहायता विभागको आर्थिक, युएनडिपी नेपालको प्राविधिक एवं ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा र रेडक्रस बझाङको साझेदारमा कार्यान्वयन भइरहेको सुपर परियोजनाको आयोजनामा तालिम सुरु भएको हो ।

तालिम सञ्चालनका लागि युनिसेफ र युएन ओमनले पनि प्राविधिक सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काको प्रमुख आतिथ्यता तथा अमरगढी नगरपालिकाका उपमेयर एवंम न्यायिक समितिका संयोजक पार्वती झुकालको सभापतित्वमा भएको एक कार्यक्रमकाबीच तालिमको उद्धघाटन गरिएको छ ।

तालिमको उद्धघाटन गर्दै प्रदेशसभा सदस्य खड्काले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सरकारसंग ठोस नीति नभएको बताउँदै भनिन्, ‘सुपर परियोजनाले सञ्चालन गरिरहेका गतिविधि अहिलेको समयमा आवश्यक पनि छ । यसमा हामीले गर्नुपर्ने सहयोग र समन्वयका लागि सधैँ तयार छौं ।’ उनले विदप्का क्षेत्रमा पनि सरकारले पर्याप्त बजेट विनियोजन गर्न आवश्यक रहेकोमा जोड दिइन् । 

कार्यक्रममा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० का अध्यक्ष पुष्पबहादुर सिंह र अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले सबैको सहयोग र सहकार्यबाट विपद्को जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिए ।

रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदका अनुसार तालिममा डडेल्धुरा र बझाङका जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका कर्मचारी, सामुदायिक आपतकालिन पूर्वतयारी समूहका प्रतिनिधि, नेपाल प्रहरीको महिला सेलमा कार्यरत प्रहरी, न्यायिक समितिका प्रतिनिधि र समुदाय तहका स्वयवमसेवकको सहभागिता रहेको छ । 

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update