
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंक क्षेत्रीले उग्रतारा वेद विद्याश्रममा खाद्यान्न सहयोग गरेका छन् । आफ्नी जेष्ठ नातीनी अमिशाको जन्मदिनको अवसरमा उनले खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
उक्त खाद्यान्नले थोरै भएपनि आश्रयमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने उनले बताए । हाल अष्ट्रेलियामा अध्ययनरत अमिशाको जन्मदिनमा आफूले सहयोग गरेझै सबैलाई आफ्नो विशेष अवसरमा यसरी नै सहयोग गर्न वडाअध्यक्ष क्षेत्रीले आग्रह गरेका छन् ।
सुदूरपश्चिमका विद्यार्थीलाई वेद अध्य डडेल्धुरामा उग्रतारा वेद विद्याआश्रम संचालनमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय