Paschim Express
महेन्द्र माविले फेरि जित्यो अमरगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड

डडेल्धुरा । जिल्ला सरदुमकाम खलंगामा रहेको महेन्द्र माविले लगातार दोस्रोपटक अमरगढी नगरपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार सम्पन्न नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै महेन्द्र माविले शिल्ड उचालेको हो ।

उसले २१ स्वर्ण, १४ रजत र १० कास्य गरी कूल ४५ पदक जित्दै प्रथम स्थान हासिल गर्‍यो। महेन्द्र माविले गत वर्ष २१ स्वर्ण, १४ रजत र ७ कास्य गरी कूल ४२ पदक जितेको छ । उपाधिसँगै महेन्द्रले २५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ । नगर उपप्रमुख पार्वती झुकालले विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरलाई शिल्ड हस्तान्त्ररण गरिन् ।

प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ । माउन्टेनले १५ स्वर्ण, ९ रजत र ११ कास्य गरी कूल ३५ पदक जितेको छ। उसले दोस्रो स्थान हासिल गरेबाफत २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितमा क्याम्ब्रिज पब्लिक स्कूल तृतीय भएको छ । तृतीय स्थान हासिल गरेको क्याम्ब्रिजले ७ स्वर्ण, ८ रजत र ८ कास्य गरी कूल २३ पदक जित्यो। क्याम्ब्रिजले १५ हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ ।

 नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका १२ वटा विद्यालयको सहभागिता थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update