Paschim Express
भागेश्वरमा पुरुष मृत भेटिए, नवदुर्गामा डुबेर युवकको ज्यान गयो

डडेल्धुरा । डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको भागेश्वर गाउँपालिकामा वडा नम्बर ३ का ४५ वर्षीय अर्जुन रावल मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी सुर्नया गाडको नहरमा मृत भेटिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

उता नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा डुबेर युवकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो ।

माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो । त्यहाँ चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update