Paschim Express
डडेल्धुरामा माछा मार्ने क्रममा सेतीमा डुबेर एक जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा माछा मार्नका लागि पासो हाल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

नवदुर्गा गाउँपालिका–४ मलपडा स्थित सेती नदीमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो । बिष्ट माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका थिए ।

उनलाई आफन्तले पानीबाट निकालेर उपचारको लागि डडेल्धुरा अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update