Paschim Express
जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा

विराटनगर- नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनमा भएको निर्वाचनमा थापा विजयी भएकी हुन् । उनले जीवन कार्कीलाई पराजित गरिन् । नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुट्न सकेको थिएन । अध्यक्षमा ५ जनाको आकाङ्क्षा भए पनि गएराती २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update