Paschim Express
डडेल्धुरामा मनाइयो संविधान दिवस

डडेल्धुरा । संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा डडेल्धुरामा पनि विविध कार्यक्रमको आयोजना गरिएको हो । संविधान दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकामको बागबजारदेखि प्रभातफेरी सुरु भऐर तुफानडाँडामा सभामा परिणत भएको थियो ।

 

संविधान दिवस मूल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का रहेकी थिइन् । प्रदेशसभा सदस्य डा. तारा जोशी विशिष्ट अतिथि रहेका थिए । 

 


सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले संविधानमा लेखिएका नीति नियमलाई लाई कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताइन् । संविधान पूर्ण रुपमा कार्यान्वयन भए लोकतन्त्रको अनुभुती आम नेपाली जनाताले गर्न सक्ने उनको भनाई थियो । सभालाई समापन गर्दै संविधान दिवस मूल आयोजक समितिका संयोजक भण्डारीले संविधानको कार्यान्वयन र रक्षाका लागि सबैले एकजुट हुनुपर्ने बताए । 

 


कार्यक्रममा संविधान दिवसकै अवसरमा आयोजित भलिबल प्रतियोगिताका बिजेता खेलाडीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम हुने प्रमुख जिल्ला  अधिकारी नेतृत्वको कर्मचारी टिम, द्धितिय हुने नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा, तृतिय हुने अमरगढी नगरपालिका र सान्त्वनामा डडेल्धुरास्थित राजनितिक दलको टिमका खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको हो । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update