डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-६ मा विद्यार्थीहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्रबार स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना र अजयमेरु गाउँपालिकाको समन्वयमा वडा नम्बर ६ अन्तर्गत चेतना मावि राजुलमा शिविर सञ्चालन गरिएको हो ।
वडा अध्यक्ष हरिसिंह भण्डारीका अनुसार विद्यालयमा
कान, दात, आँखाको चेकजाँच तथा उपचार गरिएको थियो । शिविरबाट कान सम्बन्धी समस्या भएका ११३ जना, दात सम्बन्धी समस्या भएका ८० जना र आँखा सम्बन्धी समस्या भएका १३४ जनाले सेवा लिएको उनले बताए । यस्तै ७० जना विद्यार्थीलाई औषधि वितरण गरिएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ २०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय