धनगढी । नेपाली काँँग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले अबको निर्वाचनमा कैलालीबाट उम्मेदवार बन्ने बताएकी छिन् । कैलालीको धनगढीमा आयोजित कार्यकर्ता घेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।
‘म यहाँ आएर चुनाव लडेको थिए,’ उनले भनिन्, ‘तपाईँहरु सबैले त्यो बेला पनि सहयोग गर्नुभएको हो । प्राविधिक कारणले हारियो । फेरि पनि यहीँ आएर चुनाव लड्ने मेरो विचार छ ।’
०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लडेकी थिइन् । उनी नेकपा (एमाले) का उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । रानाले २७ हजार २ सय २ मत ल्याइ विजयी भएका थिए । आरजुले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय