Paschim Express
आज ‘तमु ल्होसार’ मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् ।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने चलन छ ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update