Paschim Express
परशुराममा  मेयर सम्मेलन सुरु

डडेल्धुरा । डडेल्धुरामा  ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ आजदेखि सुरु भएको छ । डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम सुरु भएको हो । 

मेयर फोरमको सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्धघाटन गरेका छन् ।  मेयर फोरममा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको परशुरामका मेयर भरत बडायर जोशीले बताए ।

सुदूरपश्चिमका स्थानीय तहबीच सहकार्य सुदृढ भए प्रदेश र केन्द्रमा आवाज उठाउन सहज हुने उनको भनाई छ ।  मेयर फोरममा विज्ञहरुको सहभागितामा पाँच वटा सेशन सञ्चालन हुने मेयर जोशीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update