Paschim Express
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरा  । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो । 

ट्याक्टरको टायरमुनी च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ट्याक्टर साहुखर्कबाट गैरा आउँदै गर्दा आज बिहान दुर्घटना भएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update