डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले सय दिने अभियान सम्पन्न गरेको छ । असोज ७ देखि सुरु भएको अभियान पार्टीको मेलमिलाप दिवसको अवसरमा मंगलबार जोगबुडामा सम्पन्न भएको हो ।
कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको सभापतित्व तथा केन्द्रीय सदस्य डा रणबहादुर रावलको प्रमुख आतिथ्यतामा जोगबुडामा सम्पन्न भएको कार्यक्रममा जिल्लाभरीका वडा, प्रदेश ,क्षेत्र, पालिका र जिल्ला तहका नेता सुभेच्छुक तथा भातृ संगठन प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
अभियानका दौरान आएका सुझावलाई केन्द्रीय कार्यसमितिमा प्रतिवेदनको रुपमा बुझाउने कांग्रेस डडेल्धुराका कार्यालय सचिव बिरेन्द्र साउदले जानकारी दिए । यस्तै गाउँ, टोलमा गएर विकासका एजेन्डाबारे स्थानीयसँग छलफल र पार्टीका आन्तरिक विषयमा पनि गहन छलफल भएको उनले बताए ।