Paschim Express
श्रीमान् भारतमा भएका बैला बैतडीमा महिलामाथि देवर नाता पर्नेबाट बलात्कार

बैतडी ।  बैतडीमा एक महिलामाथि बलात्कार गरिएको घटना ६ महिनापछि बाहिर आएको छ ।  जिल्लाको सिगास गाउँपालिकाकी २४ वर्षीया एक महिलामाथि देवर नाता पर्ने अन्दाजी २६ वर्षीय अर्जुनसिंह धामीले बलात्कार गरेको घटना बाहिर आएको हो । 

ती महिलामाथि गएको असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो । पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ । 

पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।  महिलाका श्रीमान् समेत रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन् । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update