
धनगढी । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छिन् । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् ।
एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।
यस्तै सदस्यमा भने डा. हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन् । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् । उपाध्यक्ष र सदस्यको आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय