रुपा दमाई, डडेल्धुरा । डडेल्धुराकाे परशुराम नगरपालिकाकाे आयोजनामा पुस १८ गतेदेखि सुरु भएको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता परशुराम रङ्गमैदानमा जारी रहेकाे छ । नगरपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत कार्यक्रम अन्तरगत नगरस्तरिय प्रतियोगिता सञ्चालन भइरहेकाे नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नगरपालिकाका १६ सामुदायिक र १ संस्थागत गरि १७ माध्यमिक विद्यालय सहभागी छन् । १७ विद्यालयका करिव ९ सय बढी छात्र-छात्रा प्रतियोगिताका हरेक विधामा सहभागी छन् । प्रतियोगिता परशुराम नगरपालिका-१२ स्थित परशुराम रङ्ग मैदानमा सञ्चालनमा रहेकाे छ ।
बिहिवार प्रतियोगिता संयोजक तथा सामाजिक विकास समिति संयोजक देवबहादुर वाेहराकाे अध्यक्षता तथा नगर-प्रमुख भरत वडायर जाेशीको प्रमुख आतिथ्यतामा सिल्ड प्रतियोगिता उदघाटन भएको हाे ।
प्रतियोगितामा प्रथम, दाेस्राे, तेस्राे र सान्त्वना हुने विद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस: ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगदराशीसहित, सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता सभ्य र मर्यादित तवरवाट सञ्चालनमा रहेकाे प्रतियोगिता संयोजक देवबहादुर बोहराले बताए ।
आजसम्म सम्पन्न विभिन्न विधाका खेलहरुमा भुवनेश्वरी मावि परिगाउँकाे अग्रता रहेकाे छ ।भुवनेश्वरी मावि परिगाउँले १५ स्वर्ण, ६ रजत र ३ काश्य जितेकाे छ । शिद्दनाथ मावि चन्दनीले २ स्वर्ण १ रजत, १ कास्य जित्दा भागेश्वर मावि कटालले ७ स्वर्ण २ रजत र ६ कास्य हात पारेकाे छ । भने, भागेश्वर मावि सलौनले १ स्वर्ण, ५ रजत १ कास्य हात पारेकाे छ । उता सिताराम मावि कुरमुल्लेले २ स्वर्ण ६ रजत र ३ कास्य जितेकाे छ । भागेश्वर मावि शिर्षले ३ कास्य, कैलपाल मावि वाेडाले १ रजत शिवपार्वती मावि पाेखरी कटालले १ स्वर्ण १ रजत र कास्य हात पारेकाे छ । शैलेश्वरी मावि तुलाभाडीले २ रजत जितेकाे छ ।
शिवशंकर मावि साँदनीले १ कास्य, भागेश्वर मावि, बसौंटीले १ रजत २ कास्य र बैजनाथ मावि सलेत्ताले १ कास्य जितेकाे छ । अन्य सहभागी विद्यालयहरुले खाता खाेल्न बाँकी छ । प्रतियोगिताका दाेस्राे दिन आजसम्म १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर, ३००० मिटर दौड सटफुट, ज्यावलिङ थ्राे, खेल सम्मन्न भएको आयाेजकले जनाएको छ । छात्र-छात्रा, कबड्डि, भलिवल ,तेक्वान्दो, हाइजम्म, लङजम्प, त्रिपल जम्प र १५०० मिटर दौड शनिवार खेलाइने जानकारी आयोजकले दिएकाे छ ।