
डोटी । डोटीमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार मृत्यु भएको हो।
नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान् भीम नेपालीलाई पक्राउ गरेको छ । महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मृतकका काका नाता पर्ने लाले नेपालीले प्रहरी चौकीमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय