Paschim Express
डडेल्धुरा जेसीज वर्ष २०२५ को अध्यक्षमा मोहन देउवा

डडेल्धुरा । डडेल्धुरा जेसीजको अध्यक्षमा मोहन देउवा चयन भएका छन् । वर्ष २०२५ का लागि देउवा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । डडेल्धुरा सदरमुकाममा शनिबार सम्पन्न जेसीजको जिल्ला अधिवेशनले उनलाई वर्ष २०२५ का अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त भोजराज अवस्थीले बताए ।

यस्तै कार्यकारी उपाध्यक्षमा आशिष बोहरा र आकाश गुरुङ निर्वाचित भएको छन् भने उपाध्यक्षमा दिपक भट्ट, दिपक भट्टराई, वाशु पाण्डेय र शुनिल तामाङ निर्वाचित भएको आयुक्त अवस्थाले बताए ।


 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update