Paschim Express
कोला समैजी मन्दिरमा १२५ किलोको दमाहा चढाइयो

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-१ मा रहेको ऐतिहासिक मन्दिर कोला समैजीमा १२५ किलोग्रामको दाइन (दमाहा) चढाइएको छ ।  सुदूरपश्चिममै पहिलोपटक ठूलो दाइन (दमाहा) कोला समैजी चढाइएको पूजारी देवराज भट्टले बताए ।

पुइलेकबाट उक्त दमाहाको पूजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजासहित मन्दिर पुर्‍याएका थिए ।  ५ फिट ५ इन्च उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोकाे दाइन (दमाहा) समाजसेवी भक्तबहादुर भण्डारीले चढाएका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update