Paschim Express
गेटामा एक सय शय्याको अस्पताल सञ्चालन

धनगढी । मेडिकल कलेज, स्वास्थ्य बिज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको कैलालीको गेटामा बुधबारदेखि एक सयशय्याको अस्पातल सञ्चालन हुने भएको छ ।

गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलन गर्दै कार्तिक १ गतेदेखि एक सय शय्याको अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् । डा.जोशीका अनुसार जनरल ओपडी सेवा, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जनरल सर्जरी, अल्ट्रासाउण्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला र फार्मेसी सेवा सहितको अस्पताल संचालन हुने भएको हो ।

०५१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले कञ्चनपुरको दैजीमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको २९ वर्षपछि मेडिकल कलेजका लागि बनेको भवनमा अस्पताल संचालन हुने भएको हो ।

सरकारले मेडिकल कलेज स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले गत पुसमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update