Paschim Express
बझाङमा उपचार नपाएर सुत्केरीको मृत्यु, शिशु पनि जोगिएन

 बझाङ ।  बझाङमा सुत्केरी महिला र शिशुको बीच बाटोमै मृत्यु भएको छ । 

अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहरा र नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको  वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए । 

गर्भावस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो ।

बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाध्यग भण्डारीकाे भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update